भक्तपुर पोटरी स्क्वायरमा माटोका पाला बनाउन भ्याइनभ्याइ (तिस्बरहरु)
वि.सं.२०८३ कात्तिक १७ मंगलवार १४:२२
shares

तिहार नजिकिएसँगै भक्तपुरको प्रसिद्ध पोटरी स्क्वायरमा माटाका पाला बनाउन कुमालेहरूलाई भ्याइनभ्याइ भएको छ ।
तिहारमा घर, पसल तथा विभिन्न स्थानमा दीप प्रज्वलन गर्न प्रयोग हुने पालाको माग बढेपछि भक्तपुरका कुमालेहरू पाला बनाउन व्यस्त छन् ।
परम्परागत रूपमा माटोबाट बनाइने पाला नेपाली संस्कृति र मौलिकतासँग जोडिएकाले विद्युतीय बत्तीको प्रयोग बढेपनि यसको आकर्षण भने घटेको छैन् ।


























