विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन
वि.सं.२०७८ जेठ १८ मंगलवार २३:३३
shares

विवकेशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक उनको मंगलबार अपरान्ह ४:२५ मिनेटमा उपचारको क्रममा निधन भएको विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले बताए ।
सुरुमा ह्याम्स भर्ना गरिएका उनलाई ग्रान्डी हुँदै मेडिसिटी पुर्याइएको थियो । विवेकशील साझा पार्टीका पूर्वसंयोजक रहेका ४४ वर्षीय थापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्छन् । कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भए पनि अन्तिमपटक गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो ।
उनको भेन्टिलेटर राखेर इक्मो विधिबाट उपचार भइरहेको थियो ।

























