काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सीजीले सुरु गर्‍यो उपत्यकामा इन्टरनेट सेवा, ९९९ रुपैयाँमै १२० एमबीपीएस

21.27K
shares

सीजी कम्युनिकेसन्सले मंगलबारदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । उपभोक्ताले हाल नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

उपभोक्ताकेन्द्रित सेवा सुरु गरिएको र यसले उपभोक्ताको जीवनमा बिल्कुलै नयाँ अनुभव गराउने विश्वास सीजी कम्युनिकेसन्सको छ । कम्पनीले सुरुमा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सेवा उपलब्ध गराउने भएकाे छ । तत्कालका लागि जावलाखेल, झम्सीखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले कम्पनीको इन्टरनेट सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

१२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुने जनाइएको छ । हालका लागि सीजी डिजिटलका शाखा जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुने जनाइएको छ । सेवा शुभारम्भका अवसरमा १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकेको जनाइएको छ । वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै, मासिक, तीनमहिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुने कम्पनीले जनाएको छ ।

सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिबद्धताअनुसार सीजी नेटको सेवा प्रारम्भ गरिएको बताए  ।नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो दह्रिलो उपस्थिति जनाउन सीजीले कुनै कसर बाँकी नराख्ने चौधरीको भनाइ छ ।