काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सरकार-थारुहट/थारुवान सम्बन्ध थप एक कदम अगाडि

20.77K
shares

सरकार र थारु कल्याणकारिणी सभाबीच छ बुँदे सहमति भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ र सभाको थारुहट/थारुवान संयुक्त संघर्ष समितिका वार्ता टोली प्रमुख रुक्मिणी चौधरीले साेमबार सिंहदरबारमा आयोजित कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमति पत्रमा सरकारले टीकापुर घटनामा दोषी निवर्तमान सांसद रेशमलाल चौधरी लगायतकाको मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने उल्लेख छ । थारुहट/थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद् घटनामा आरोपित चौधरीसहित धनीराम र लक्ष्मण चौधरीमाथि लगाइएका सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि पहल गर्ने सहमति भएको छ ।

यसैगरी थारुहट/थारुवान आन्दोलनका क्रममा सहिद भई राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, सहिद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानबिन र मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने, महिला र असहायमाथि दुर्व्यवहार गर्नेलाई छानबिन गरी कानुनी दायरमा ल्याउने विषयमाम पनि सहमति भएको छ ।

यस्तै संविधानमा उल्लेखित व्यवस्था र सर्वोच्च अदालतको फैसला अनुसार राज्यका हरेक तह र तप्कामा थारुको आरक्षणको व्यवस्था तथा सबैखाले थारु समुदायको बारेमा संविधान अनुरुपको व्याख्या र व्यवस्था कायम गर्ने, संविधानबमोजिम थारुभाषी बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा पठनपाठनको व्यवस्था गर्ने, कमैया, कमलरी संघर्ष समितिसँग विगतमा सहमति कार्यन्वयन गर्ने सहमति भएको छ ।

सहमतिपत्रमा संविधान गतिशील दस्तावेज भएकाले यसको संशोधन आवश्यकता र औचित्यताका आधारमा राजीतिक दलहरुबीच सहमति कायम गरी विभिन्न समयमा विभिन्न  राजनीतिक दल र समुदायका तर्फबाट उठाइएका विषयलाई सम्बोधन गरिने उल्लेख छ । यसैक्रममा थरुहट तराईंको मुलवासी आदिवासी थारु समुदायको तर्फबाट हालै प्रस्तुत गरिएका र विगतमा सरकार र थारु समुदायका बीचमा भएका सहमतिका विषयमा संविधान संशोधनका क्रममा छलफल गरी सहमतिका लागि उपयुक्त निर्णय गरिने सहमतिपत्रमा उल्लेख छ ।

संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा एक नाबालकसहित ८ प्रहरीको ज्यान गएकाे थियाे । सो घटनामा संलग्न रहेको अभियोगमा जिल्ला अदालत कैलालीले २७ जनाविरुद्ध विभिन्न मुद्दा चलाएको थियो । घटनापछि फरार रहेकाे रेशम चाैधरी वारेनामामार्फत उम्मेदवारी दर्ता गराउँदै प्रतिनिधि सभा निर्वाचनमा विजयीसमेत भए । तर उनलाई टिकापुर घटनामा दाेषी ठहर गरिसकेकाे छ । अदालतमा आत्मसमर्पण गरेका उनी हाल डिल्लीबजार कारागारमा छन् ।

थारुहट/थारुवान संयुक्त संघर्ष समितिले राजनीतिक आन्दोलनको क्रममा घटना घटेको जनाउँदै राजनीतिक ढंगले नै समाधान खोजिनुपर्ने माग राख्दै आएको छ । पक्राउ परेकाहरूकाे रिहाइ र मुद्दा फिर्ताकाे मागसहित उनीहरूले विभिन्न आन्दाेलनसमेत गरिरहेका छन् । तर, पछिल्लाे सहमतिपछि सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिकाे सम्बन्ध थप एक कदम अगाडि बढेकाे  छ ।