काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माधव नेपालले भने- अहिलेलाई हाम्रो राजीनामा टर्‍यो

21.8K
shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुको राजीनामा दुई/चार दिनलाई टरेको बताएका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि बाहिरिने क्रममा नेता नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् ।

नेपालले भने, ‘राजीनामा दुई/चार दिनलाई टर्‍यो, कार्यदल बन्छ ।’ चपलीहाइटस्थित सञ्चार व्यवसायी रामेश्वर थापाको घरमा भएको वार्ता झन्डै साढे तीन घन्टा चलेको थियो । नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी भइरहेका बेला ओली र नेपालबीच भेटवार्ता भएको हो ।

आज बिहान ओलीले नेपाललाई टेलिफोन गरी भेटका लागि प्रस्ताव गरेका थिए । आजै बिहान बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपाल लगायत भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई कारबाही फुकुवा गरेको थियो ।