८८४२ कोरोना संक्रमित थपिए, ५०५५ डिस्चार्ज, २१४ जनाको मृत्यु
वि.सं.२०७८ वैशाख ३० बिहीवार २३:४८
shares

पछिल्लो २४ घन्टामा नेपालमा थप ८ हजार ९६० जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट मात्रै ८ हजार ८४२ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । अनुसार पछिल्लो २४ घण्टामा गरिएको २० हजार २४५ परीक्षणबाट ८९६० थपिएका हुन् । यो सँगै नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख ५ हजार २ सय ७ पुगेका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभरका ८७ वटा प्रयोगशालाबाट १९४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा थप ८९६० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै थप २१४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्यांकको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा २१४ जनाको मृत्यु भएको भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४६६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप ५०५५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा ३१२५१८ जना संक्रमण मुक्त (निको) भएका छन् । सोमबार थपिएकासँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ ।

























