काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एक वर्षमा १४६३ अंकले बढ्यो नेप्से, आज ७ अर्बको कारोबार

21.27K
shares

धितोपत्र बजारमा सेयर कारोबा मापक नेप्से परिसूचक एक वर्षमा एक हजार ४६३.३ अंकले बढेको छ । गत वर्ष एक हजार २५१.५ अंकमा पुगेको नेप्से यो वर्षको उच्च विन्दु दुई हजार २७१४.८ अंकमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार गएको असार मसान्तमा एक हजार ३६२.४ अंक पुगेको थियो ।

अहिले सेयर बजारको बजार पुँजीकरण ३७ खर्ब ५८ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । गत असारमसान्तमा भने बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ मात्रै थियो । साताको अन्तिम दिन बिहीबार आज पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । नेप्से १०.१३ अंकले बढ्दा दुई हजार ६८४.०१ अंकमा पुगेको छ भने ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक १.१२ अंकले बढेर ४७९.५० अंकमा पुगेको छ ।

आज २१८ कम्पनीको दुई करोड १९ लाख ५५ हजार ९४३ कित्ता ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २८० रुपैयाँमा किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ सब–इन्डेक्समध्ये चार इन्डेक्सको कारोबार घटेको छ । व्यापार २३.८६, होटल तथा पर्यटन १९.३५, उत्पादनमुलक १८.१३ र लगानी समूहको कारोबार ०.४ अंकले घटेको छ भने बैकिङ ३.२८, विकास बैंक ७१.१९, जलविद्युत ३७.१२, वित्त ६०.२४, निर्जीवन बिमा ५.५२, अन्य १३.२१, लघुवित्त ५.३९, जीवन बिमा ८५.१२ र सामुहिक लगानी कोषको कारोबार ०.०९ अंकले बढेको छ ।

त्यस्तै आज दुई कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । समता, डीएचपीएलको कम्पनीमा सर्किट लागेको हो । त्यस्तै विशाल बजार कम्पनी, रुरु जलविद्युत परियोजनाको कारोबार पनि सर्किटको लेभलमा कारोबार भएका छन् ।