काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेस-माओवादीले नयाँ सरकार गठनका लागि दावी नगर्ने

10.88K
shares

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाकाे उपेन्द्र पक्षले राष्ट्रपतिसमक्ष बहुमतको सरकार दावी गर्न नजाने भएका छन् । माधव नेपाल समूहले केपी शर्मा ओली नेतृत्वकै सरकारलाई सघाउने भएपछि विपक्षी दलहरु बहुमतको सरकार दावी गर्न नजाने भएका हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवँगको भेटपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘संविधानको धारा ७६ (२) अन्तर्गतको राष्ट्रपतिसमक्ष बहुमतको दावी गर्न जाने प्रक्रिया स्थगित गरेका छौं, अथवा नजाने भएका छौं ।’ एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले राजीनामा दिएको अवस्थामा विपक्षी दलको बहुमत पुग्ने स्थिति थियो । कांग्रेस, माओवादी केन्द्र र सिंगो जसपा एकठाउँमा उभिएको भए संसदमा एमालेबाहेकका दलले सरकार बनाउने सम्भावना थियाे ।

विपक्षी दलहरुले बहुमतको सरकार गठनका लागि दावी प्रस्तुत गर्न नसकेपछि संविधानको धारा ७६ (३) अन्तर्गत केपी शर्मा ओलीलाई राष्टपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन् । संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन नेकपा एमालेको विवादमा नयाँ ट्वीस्ट आएसँगै वैकल्पिक सरकार गठनको सम्भावना सकिएको हाे । बिहीबार बिहानै स्थायी कमिटीको बैठक राखेर ओलीले नेपालसहित चार नेतामाथि गरेका कारबाही फिर्ता लिएका थिए । त्यसपछि आजै दिउँसाे ओली र नेपालबीच झण्डै साढे ४ घण्टा वार्ता भएकाे थियाे ।