काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘हवाई लिफ्ट’ गरिएकामध्ये अधिकांश होमआइसोलेशनमा बसेका संक्रमित

24.8K
shares

कोभिड संक्रमित भएर होमआइसोलेशनमा बसिरहेकाहरुले स्वास्थ्यावस्थाका गम्भीर ध्यानदिनु पर्ने देखिएकाे छ । विशेष गरी समय समयमा अक्सिमिटरको सहायताले अक्सिजनका अवस्था जाँच गरिरहनुका साथै चिकित्सकका सम्पर्कमा रही आवश्यक परामर्श लिन आवश्यक छ ।

पछिल्लो समय ‘हवाई बेड लिफ्ट’ भई थप उपचारार्थ झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा पुर्‍याइएका अधिकाशं बिरामी होइआइसोलेशनमा नै बसेकाहरु छन् । काठमाडौँँलगायत प्रमुख सहरका सरकारी तथा निजी अस्पतालमा भेन्टिलेटरसहित सघन उपचार कक्ष (आइसीयू) तथा अक्सिजनको चरम अभाव भएपछि जटिल संक्रमित धमाधम बीएण्डसीमा ‘हवाई लिफ्ट’ भइराखेका हुन् । दश दिन होमआइसोशनमा रहेका काठमाडौँ सातदोबाटोका ५७ वर्षीया सावित्री श्रेष्ठ आज बिहान ‘हवाई लिफ्ट’ गरी बीएण्डसीमा भर्ना भएको अस्पतालले जनाएको छ । अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत प्रमिश गिरीद्वारा जारी विज्ञप्तिमा हालसम्म अस्पतालमा हवाई लिफ्ट’ भएका अधिकांश बिरामी अन्यत्र भेन्टिलेटरसहित आइसीयू तथा अक्सिजन नपाएका तथा  होमआइसोलेशनमा बस्दा जटिल हुन थालेपछि थप उपचारार्थ आएका उल्लेख छ ।

उनले विज्ञप्तिमा भनेका छन्, 'बिरामीका आफन्तले रुँदै भेन्टिलेटर र अक्सिजन छ भनेर सोध्नुहुन्छ । छ भन्ने जवाफ दिएपछि छिटोभन्दा छिटो बिरामी ल्याउँछौँ शय्या राखिदिनस् भन्नुहुन्छ । महामारीमा बिरामीको ज्यान बचाउन अस्पतालको स्रोत साधनले भ्याएसम्म अहोरात्र खटिरहेका छौँ । अस्पतालमा हालसम्म भेन्टिलेटरसहित आइसीयू तथा अक्सिजनको अभाव  छैन ।'

बुधबार मात्र  होमआइसोशनमा नै रहेका नेपालगञ्जका ६१ वर्षीय प्रेमकुमार सोनी र ओखलढुंगाका ५५ वर्षीय नरनाथ फु्याललाई ‘हवाई लिफ्ट’ गरी अस्पतालमा भर्ना गरिएको थियो । उनीलाई पनि होमआइसोलेशनमा रहँदा श्वासप्रश्वासमा जटिल हुँदै गएपछि सो अस्पताल लगिएको बताइएको छ । अस्पतालले कोभिडका बिरामीलाई उपचार गर्न  हाल २०० शय्या सञ्चालनमा ल्याएको छ  । आवश्यकता परेमा शय्या थपिने र छिट्टै अक्सिजन प्लान्ट सञ्चालनमा आउने जनाइएको छ । मौज्दात रहेका ६५ भेन्टिलेटरसहित आइसीयूमध्ये गम्भीर संक्रमितका लागि ५० शय्या छुट्याइएको र ६० चिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका पनि अस्पतालले जनाएको छ । अस्पतालले २५ शय्या मात्र कोरोनाका बिरामीलाई  छुट्याएको थियो । अहिले पूर्वाञ्चल क्यान्सर अस्पताल र बीएण्डसी अस्पतालमा गरी कूल ९०० शय्या छ ।

विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थाेका इन्साक खाँन लगायतले सेवा प्रदान गरिरहेका छन् । विज्ञप्तिमा भनिएको छ, 'कोभिडका बिरामीको चाप अस्पतालमा बृद्धिभएसँगै शय्या थप गरिएको छ । भेन्टिलेटर थप गर्दैछौ । दक्ष जनशक्ति, भौतिक पूर्वाधार तथा आधुनिक उपकरणका क्षमताले भ्याएसम्म बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको छ ।' (रासस)