काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनएमबी बैंकको खुद नाफा २ अर्ब ५१ करोड रुपैयाँ

13.29K
shares

एनएमबी बैंकले २ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा बैंकले गत वर्षको भन्दा ८७.८० प्रतिशत बढी नाफा कमाएको हो ।
गत आवको चैत मसान्तसम्म बैंकले एक अर्ब ३३ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

विवरणमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ८६.७८ प्रतिशतले बढेर ३ अर्ब ६१ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी पनि बढेर २०.६४ रुपैयाँ पुगेको छ । सोही अवधीमा गत वर्ष ११.६७ रूपैयाँ मात्रै थियो ।