काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ओपो विश्वभरका ‘उत्कृष्ट १० पीसीटी’मा लगातार दोस्रोपटक समावेश

22.76K
shares

वल्र्ड ईन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेशन (डब्ल्यूआईपीओ)का अनुसार ओपो यसपटक पनि लगातार दोस्रो वर्ष अर्थात सन् २०१९ र २०२०का लागि उत्कृष्ट १० प्याटेन्ट कोअपरेशन ट्रिटी (पीसीटी)मा पर्न सफल भएको छ । सन् २०२१ मार्च ३१ सम्ममा ओपोले ६१ हजार प्याटेन्टस फाइल गरिसकेको छ र ग्लोबल्ली २६ हजार प्याटेन्टको स्वामित्व कम्पनीको अधीनमा छ ।

तीमध्ये ८९ प्रतिशत प्याटेन्ट एप्लिकेशन्स वा ५४ हजार युटिलिटी प्याटेन्टस रहेका छन् । यिनले मोबाइल उपकरण निर्माताको अभूतपूर्व सफलताको प्रतिनिधित्व गर्छ । ‘विश्व आईपी दिवस, आम मानिसमा आईपी एसेट्स जोगाउन सचेतना जगाउनका लागि एउटा राम्रो अवसर हो । बृहत्त आईपी पोर्टफोलियोका साथ विकासको द्रुत गतिमा रहेको प्राविधिक कम्पनीका रुपमा ओपो भविष्यका लागि प्राविधिक अन्वेषण र विकासका निमित्त थप लगानी गर्न प्रतिबद्ध छ,' ओपोको ईन्टेलेक्चुअल प्रपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले भने,‘यिनैका आधारमा हामी आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि हाम्रा उत्कृष्ट नवप्रवर्तनहरु निरन्तर रुपमा पस्किरहने छौँ ।’

विगतकामा ओपोले भर्चुओस ईन्नोभेशनको नीति पछ्याउँदै आफूलाई वैश्विक ब्राण्डका रुपमा स्थापित गरिसकेको छ । कम्पनीले फाइभजी, फ्ल्याश चार्ज, एआई तथा ईमेजलगायत क्षेत्रमा औद्योगिक रुपमा अग्रणी विशेषज्ञता पनि हासिल गरिसकेको छ । ५जीका प्रवर्तकका रुपमा ओपोले ग्लोबल प्याटेन्ट एप्लिकेशन्सका ३ हजार ७ सय भन्दा बढी फेमिलिज फाइल गराइ सकेको छ । युरोपियन टेलिकम्यूनिकेशन्स स्ट्याण्डर्ड ईन्ष्टिच्यूट (ईटीएसआई)अन्तर्गत फाइभजी स्ट्याण्डर्ड प्याटेन्टका १ हजार ५ सयभन्दा बढीको संख्यामा फेमिलिज घोषणा र ३ हजार भन्दा बढी फाइभजी स्ट्याण्डर्डसम्बन्धी प्रस्ताव थर्ड जेनेरेशन पार्टनरशिप प्रोजेक्ट (थ्रीजीपीपी)लाई हस्तान्तरण गरिसकेको छ । साथै, अग्रणी जर्मन रिसर्च ईन्स्टिच्यूट आईप्लिटिक्सका अनुसार ५जी प्याटेन्ट फेमिलिजअन्तर्गत सन् २०२१मा घोषणा गरिएको संख्याका आधारमा ओपो उत्कृष्ट १० कम्पनीमध्यको पनि एक हो ।

फ्ल्याश चार्जअन्तर्गत ओपोले विश्वभर ३ हजार प्याटेन्टका लागि निवेदन दिइ सकेको छ भने, १ हजार ५ सय भन्दा बढी प्याटेन्टको स्वामित्व हात पारिसकेको छ । त्यसैगरी, कम्पनीले ४० भन्दाबढी कम्पनीलाई फ्ल्याश चार्ज प्रविधिको अनुमति पनि प्रदान गरिसकेको छ । सन् २०२१मा ओपोले आफ्नो नयाँ प्रोजेक्ट-द फ्ल्याश ईनिशिएटिभअन्तर्गत आफ्नो स्वामित्वमा रहेको भोक प्रविधि अटोमोबिल्स, पब्लिक स्पेस र विभिन्न प्रकारका प्रविधिका लागि प्रयोग हुने चिप्सका लागि पनि उपलब्ध गराउन थालेको छ ।

एआईअन्तर्गत ओपोले २ हजार ४ सय ५० भन्दा बढी ग्लोबल प्याटेन्ट एप्लिकेशन्स विशेष गरी, कम्प्युटर भिजन, स्पिच प्रविधि र मेसिन लर्निङलगायत क्षेत्र अन्तर्गत दर्ता गराइसकेको छ । त्यसैगरी ओपोले आफ्ना सुरुवाती दिनदेखि नै विशेष प्राथमिकता दिँदै आएको र विज्ञता हासिल क्षेत्र ईमेजअन्तर्गत ८ हजार ३ सय ईमेज प्याटेन्ट्स विश्वभर दर्ता गराइसकेको छ भने, २ हजार ९ सय प्याटेन्टको स्वामित्व पनि हात पारिसकेको छ । एक टेक ब्राण्डका रुपमा ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वर्ल्ड’ भन्ने आफ्नो अवधारणा पछ्याउँदै आफ्ना भर्चुओस ईन्नोभेशनमार्फत नवप्रवर्तनात्मक उत्पादन तथा सेवा पस्कदै सबैको फाइदाका लागि ओपो सदैव तत्पर छ ।