काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिटिजन्स बैंक १० करोड ७७ लाख नाफामा

756
shares

ai logo सारांश

  • सिटिजन्स बैंक इन्टरनेसनल चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १० करोड ७७ लाख ३ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ ।
  • गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकले २२ करोड ४ लाख ११ हजार रुपियाँ खुद नोक्सानी बेहोरेको थियो ।
  • नाफामा फर्किए पनि बैंकको खुद ब्याज आम्दानी भने घटेको छ ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १० करोड ७७ लाख ३ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकले २२ करोड ४ लाख ११ हजार रुपियाँ खुद नोक्सानी बेहोरेको थियो ।

नाफामा फर्किए पनि बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । चालु आवको पहिलो तीन महिनामा बैंकको खुद ब्याज आम्दानी ७.४९ प्रतिशतले घटेर १ अर्ब ५४ करोड १५ लाख १६ हजार रुपियाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ६६ करोड ६२ लाख ६३ हजार रुपियाँ थियो । यसैगरी, बैंकको ब्याज आम्दानी १०.६५ प्रतिशतले घटेर ३ अर्ब ६३ करोड ३० लाख ६५ हजार रुपियाँमा झरेको छ । गत वर्षको असोजसम्म यस्तो आम्दानी ४ अर्ब ६ करोड ६३ लाख २६ हजार रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी भने ५.०७ प्रतिशतले बढेर ३६ करोड ८८ लाख ३९ हजार रुपियाँ पुगेको छ । त्यस्तै, खुद व्यापार तथा अन्य सञ्चालन आम्दानी १८.८६ प्रतिशतले घटेर १६ करोड ३ लाख ४९ हजार रुपियाँमा सीमित भएको छ । खुद गैरसञ्चालन आम्दानी भने २४३.४६ प्रतिशतले वृद्धि भई ४ करोड ३८ लाख ८५ हजार रुपियाँ पुगेको छ ।

बैंकको ब्याज खर्च १२.८५ प्रतिशतले घटेर २ अर्ब ९ करोड १५ लाख ४८ हजार रुपियाँ कायम भएको छ। त्यस्तै, कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइने इम्पेरिमेन्ट चार्ज ३७.९३ प्रतिशतले घटेर १ अर्ब ७ करोड ८५ लाख २० हजार रुपियाँमा झरेको छ। समीक्षा अवधिमा सञ्चालन खर्च भने १.६५ प्रतिशतले बढेर ८६ करोड ३२ लाख ९९ हजार रुपियाँ पुगेको छ। बैंकको वितरणयोग्य नाफा ४५ करोड ७७ लाख रुपियाँले ऋणात्मक रहेको छ। यद्यपि, बैंकको सञ्चित नाफा ४४ करोड ८४ लाख १५ हजार रुपियाँ रहेको छ।