काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोरोना संक्रमणदर निरन्तर उकालो, ७५८७ जना संक्रमित थपिए, ५५ जनाको मृत्यु

20.56K
shares

पछिल्लो २४ घण्टामा नेपालमा सबैभन्दा बढी संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ८ सय ९३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा २ हजार ७ सय ७९, भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ जनामा संक्रमण पुष्टि भएको हो । अहिले देशभर सक्रिय संक्रमित मात्र ५९ हजार ७ सय ९८ छन् ।

गत २४ घण्टामा १ हजार ७ सय ७५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । नेपालमा थप ५५ जना कोरोना भाइरस (कोभिड- १९) संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलबार २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ ।