काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

13.06K
shares

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हाे ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएको पत्र भोलि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने एक स्थायी कमिटी सदस्यले बताए । उनले भने, 'आज ढिलो भइसकेकाले समर्थन फिर्ताको पत्र भोलि दिने निर्णय भएको छ ।'

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर यही वैशाख २७ गतेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेका छन् । यसपछि माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो । अब माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।