Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

बैतडीमा शव बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु, ५ घाइते

न्युज कारोबार धनगढी वैशाख २१, २०७८       

बैतडीमा शव बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु, ५ घाइते दुर्घटनास्थल ।

बैतडीमा मंगलबार भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । से. १ ज १२३ नम्बरको बोलेरो जीप दुर्घटनामा बैतडीको पञ्चेश्वर गाउँपालिका- ६, रोडिदेवलका दीपक भण्डारी, जितसिंह भण्डारी, हिम्मतसिंह भण्डारी, डम्मरसिंह भण्डारीको घटनास्थलमा मृत्यु भएको हो ।

यस्तै गाडी चालक तेजबहादुर बोहराको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका इन्स्पेक्टर दर्शन खड्काले जानकारी दिए ।  दुर्घटनामा पाँच जना घाइते छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी ल्याउँदै गरेको इन्स्पेक्टर खड्काले बताए ।

सोमबार साँझ परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएका पञ्चेश्वर गाउपालिका- ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लैजाँदै गरेको जीप पञ्चेश्वर गाउँपालिकाको रोडीदेवलमा दुर्घटना भएको थियो । जिपमा १० जना यात्रारत थिए ।

सम्बन्धित खबरहरु