Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

तीन हजार भाइल रेम्डेसिभिर काठमाडौँ आइपुग्यो, थप भोलि ल्याइँदै

न्युज कारोबार काठमाडौं वैशाख २१, २०७८       

तीन हजार भाइल रेम्डेसिभिर काठमाडौँ आइपुग्यो, थप भोलि ल्याइँदै

कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधिको तीन हजार भाइल काठमाडौँ आइपुगेको छ । औषधि व्यवस्था विभागका अनुसार १ लाख ३० हजार भाइल रेम्डेसिभिर खरिदका लागि विभिन्न कम्पनीलाई अनुमति दिइएकोमा तीन हजार भाइल मंगलबार बंगलादेशबाट काठमाडौँ आइपुगेको हो ।

थप चार हजार भाइल रेम्डेसिभिर काठमाडौँ आइपुग्ने क्रममा रहेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । केही दिनमा थप औषधि पनि आइपुग्ने र आपूर्ति अवस्था सहज हुँदै जाने उनकाे भनाइ छ । रेम्डेसिभिर कोभिड- १९ का गम्भीर बिरामीलाई प्रयोग हुने औषधि हो । आज आइपुगेकाे रेम्डेसिभर विभिन्न काेभिड अस्पतालमा आजै पठाइने विभागका सूचना अधिकारी केसीले न्युज काराेबारलाई जानकारी दिए ।

कोरोना संक्रमित गम्भीर बिरामीको संख्या बढ्दै गएपछि रेम्डेसिभिर औषधिको कालोबजारी भइरहेकाे छ । विभागले बढी मूल्यमा रेम्डेसिभर बेचेकाे पाइएमा कारबाही गर्ने जनाएकाे छ ।

सम्बन्धित खबरहरु