काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गेट्स दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने निर्णय

21.08K
shares

विश्वका धनी व्यक्ति बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गरेका छन् । संसारको सबैभन्दा ठूलो परोपकारी कोष, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनका सञ्चालक जोडी गेट्सले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरी जोडेको सम्बन्ध २७ वर्षपछि बिच्छेद गर्ने निर्णय भएको छ ।

उनीहरूले ट्वीटरमार्फत सार्वजनिक गरेको एउटा संयुक्त विज्ञप्तिमा यस कुराको जानकारी दिएका हुन् । 'विगत २७ वर्षमा हामीले तीन अद्भुत सन्तानहरू हुर्काएका छौँ र संसारभरिका मानिसहरूलाई स्वास्थ्य र उत्पादनशील जीवन बाँच्न सक्षम तुल्याउने एउटा कोष बनाएका छौँ । हामी हाम्रो उद्देश्यमा एकै ठाउँमा छौँ र उक्त कोषमा मिलेर काम गर्नेछौँ । तर जीवनको अबको चरणमा जोडीका रूपमा आफ्नो प्रगति हुन नसक्ने हाम्रो विश्वास छ', विज्ञप्तिमा भनिएको छ ।

यद्यपि उनीहरू ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन’ लाई भने मिलेर सञ्चालन गर्ने जनाएका छन् । उक्त जोडीले नयाँ जीवनमा अघि बढ्न लाग्दा आफ्नो परिवारको गोपनीयतालाई कायम राख्ने सहमति भएको बताइएको छ । फोक्र्सका अनुसार बिल गेट्स विश्वकै चौथो धनी व्यक्ति हुन् । उनको सम्पत्ति १२४ अर्ब डलर रहेको छ । उनी माइक्रोसफ्टका भूतपूर्व सहसंस्थापक तथा पूर्वअध्यक्ष पनि छन् ।

उक्त जोडीले ‘लामो सोच विचारपछि विवाह अन्त्य गर्ने निर्णय गरेको’ सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेको छ । सन् १९८० को दशकमा मेलिन्डा बिलको फर्ममा एक कर्मचारीको रूपमा काम गर्ने शिलशिलामा उनीहरूको भेट भएको थियो । मेलिन्डा प्रडक्ट म्यानेजरको रूपमा सन् १९८७ मा माइक्रोसफ्टमा आबद्ध भएकी थिइन् । तीन सन्तानका अविभावक बनिसकेका उनीहरूको निर्णयलाई अनपेक्षित मानिएको छ । उनीहरूले सञ्चालन गरेको परोपकारी संस्थाले संक्रामक रोगको नियन्त्रण र बालबालिकाको खोपलाई प्रोत्साहन गर्ने जस्ता कामका लागि अर्बौँ डलर खर्च गर्दै आएको छ ।