काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निषेधाज्ञामा नेपाल टेलिकमको अफर : आकर्षक मूल्यमा डाटा तथा भ्वाइस प्याक सुविधा

18.69K
shares

हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागू गरिएको निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकका लागि नेपाल टेलिकमले विभिन्न आकर्षक डाटा सुविधाहरु उपलब्ध गराइरहेको छ । प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने र निकै उपयोगी हुने अपेक्षा गरिएका यी सुविधाहरु निम्नानुसार छन् :

१. वान जीबी पर डे विथ बोनस भ्वाइस प्याक – २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र  प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक ६४९ रूपैयाँमा उपलब्ध छ । सेवाग्राहीले आवश्यकता बमोजिम डाटा चलाउन र कुराकानीसमेत गर्न सक्ने भएकाले यो प्याक निकै लोकप्रिय छ । यो अफर लिनका लागि आफ्नो मोबाइलबाट *1415*1*8*2# डायल गर्न सकिन्छ ।

२. ७ दिनका लागि १.५ जीबी प्याक- ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न  मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले स्प्रिङ अफरअन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा ९५ रूपैयाँमा उपलब्ध गराइरहेको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415*1*1*4# डायल गर्न सकिन्छ ।

३. २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक- २ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । ३० रूपैयाँमा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415*8*2# डायल गर्न सकिन्छ ।

४. ५०० एमबी पर डे डाटा प्याक- जम्मा २९९ रूपैयाँमा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415*1*9*3# डायल गर्न सकिन्छ । मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिन्छ ।

ग्राहकले *1415# डायल गरेर त्यहाँ दिइएको निर्देशनअनुसार विभिन्न प्याक खरिद गर्न सक्छन् । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट http://www.ntc.net.npमार्फत यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।