Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

कोकाकोलाको 'स्टप द स्प्रेड' कोष : नेपाललाई २.४ करोड सहयोग गर्ने प्रतिवद्धता

न्युज कारोबार काठमाडौं वैशाख २१, २०७८       

कोकाकोलाको 'स्टप द स्प्रेड' कोष : नेपाललाई २.४ करोड सहयोग गर्ने प्रतिवद्धता

कोरोना भाइरसको दोस्रो वेभको विनाशबाट राहत दिन राष्ट्रव्यापी प्रयासहरु तीव्र भएकाले नेपालमा कोकाकोलाले यो संकटको सामना गर्नका निम्ति २.४ करोड सहयोग गर्ने जनाएको छ । कोकाकोलाले राष्ट्रको प्रयासलाई सहयोग पुर्‍याउन र फैलिएको महामारीलाई रोक्न २.४ करोड दिने प्रतिबद्धता व्यक्त गरेकाे हाे ।

नेपालमा कोकाकोलाले खोप अभियानमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्री (पीपीई, मास्क, ग्लोभ, सेनिटाइजार आदि) प्रदान गर्नेछ र खोप तथा स्वच्छता अभ्यासलाई प्रवर्द्धन गर्न देशभरी जागरुकता फैलाउने प्रयास गर्नेछ । कोभिड-१९ रोकथामको समर्थनमा कोकाकोला कम्पनीले विश्वव्यापी रुपमा एक विशेष 'स्टप द स्प्रेड' कोषको सिर्जना गरेको छ । यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ, सेनिटाइजर) प्रदान गर्न र खोप र स्यानिटरी प्राक्टिसेजको जागरुकता सिर्जना गरी महामारीको प्रयासलाई नियन्त्रण गर्न सहजीकरण गर्नेछ ।

सम्बन्धित खबरहरु