एनएमबी बैंकको कन्ट्याक्टलेस कार्डबाट बस भाडा तिर्न सकिने
वि.सं.२०७८ वैशाख १३ सोमवार २०:०४
shares
एनएमबी बैंकले हालको परिवेश र सुरक्षाको आवश्यकतालाई मध्य नजर गर्दै बस भाडा तिर्नको लागि कन्ट्याक्ट लेस कार्ड जारी गरेको छ । घरमै बसी ओम्नी च्यानलमार्फत् खातालगायत विविध बैंकिङ सेवाको सफलतापूर्वक सञ्चालन भएसँगै एनएमबी बैंकले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक ईन्टरनेशनल संग सहकार्य गर्ने गरी समझदारी गरेको छ । उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दूरीका आधारमा बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।
यस्तै प्रकारको भुक्तानी प्रणाली विश्वको विकसित मुलुकको सहरहरुमा प्रयोग भइरहेको पाइन्छ । हालको प्रतिकुल परिस्थितिमा ग्राहक वर्गलाई बस भाडा तिर्ने कार्यमा सहजता होस भन्ने उद्देश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुुभारम्भ गरेको हो । हाल संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा यो सुविधा उपलब्ध भइरहेकोे र अरु विभिन्न बस व्यवसायीहरुसँग सहकार्य गरी यो सुविधा उपलब्ध गराउने कार्यमा बैंक प्रयासरत रहेको छ । ‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई प्रदान गर्न लागिएको यस सेवा डिजिटल भुक्तानीको क्षेत्रमा एक कोषेढुङ्गा हो ।’

























