काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : प्रदेश प्रमुख देवकोटा

735
shares

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालीका मौलिक चाडपर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन।

नेपाल संवत् ११४७, भाइटीका तथा छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विविध भाषा, धर्म र संस्कृतिले सम्पन्न नेपाली समाजमा चाडपर्वले आपसी एकता र सहअस्तित्वलाई प्रगाढ बनाउने उल्लेख गरेका हुन।

प्रदेश प्रमुख देवकोटाले तिहारलाई अन्धकारमाथि उज्यालो र निराशामाथि आशाको विजयको प्रतीकका रूपमा उल्लेख गर्दै नेपाल संवत् नेपालीको मौलिकता, स्वाभिमान र सांस्कृतिक पहिचानको महत्वपूर्ण धरोहर रहेको बताएका छन ।

उनले नेवार समुदायको म्हपूजाले आत्मबोध, भाइटीकाले पारिवारिक सम्बन्ध तथा छठले प्रकृति र मानवबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उल्लेख गरेका छन ।

राष्ट्रिय स्वाभिमान, एकता र सहअस्तित्वलाई आत्मसात् गर्दै अघि बढ्नु आजको आवश्यकता रहेको बताउँदै प्रदेश प्रमुख देवकोटाले यी पर्वले शान्त, सभ्य र समृद्ध नेपाल निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन ।