थ्री नेसन्स कप : २३ सदस्यीय नेपाली टिम घोषणा
वि.सं.२०७७ चैत ११ बुधवार २०:५१
shares

थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगिताका लागि किरण चेम्जाेङकाे कप्तानीमा टिम घोषणा गरेका हुन् । जसमा विराज महर्जनले राष्ट्रिय टिममा एक वर्षपछि पुनरागमन गरेका छन् । विराज महर्जनले यही प्रतियोगिताबाट सन्यास लिने भनिएको छ ।
गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का, छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई पहिलो पटक टिममा परेका छन् । राष्ट्रिय टिमका नियमित फरवार्ड नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, डिफेन्डर देवेन्द्र तामाङ, सन्तोष तामाङ टिममा अटाएका छैनन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू-२३ टिमको सहभागिता रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगिताअनतर्गत नेपालले भोलि (बिहीबार) पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा नेपालले १४ गते बंगलादेशसँग खेल्नेछ ।
नेपाली टिम :
गोलकिपर : किरण चेम्जोङ (कप्तान), विकेश कुथु, दीप कार्की ।
डिफेन्डर : रन्जित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ ।
मिडफिल्डर : त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोक राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान ।
फरवार्ड : अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास ।

























