राजनीतिक स्थायित्वका लागि फेरि संघर्ष आवश्यक : प्रचण्ड
वि.सं.२०७७ चैत ११ बुधवार २१:०३
shares

नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक स्थायित्वका लागि फेरि संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षणलाई बुधबार सम्बोधन गर्दै उनले कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुनबाट रोक्नका लागि ठूलो षड्यन्त्र भएको दाबी गरे ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै बाह्य शक्तिको दलाल भएको आरोप लगाए । ‘हामीले कम्युनिस्ट एकता चाहेका थियौँ। तर, दक्षिणपन्थी शक्तिले पार्टीको अर्को अध्यक्षलाई नै दलालको रूपमा प्रयोग गरिएको रहेछ,’ प्रचण्डले भने, ‘हामीले राजनीतिक स्थायित्वको लागि शान्ति सम्झौता र संविधान संविधानसभाको घोषणा गर्दै बाम गठबन्धनको चुनाव हुँदै कम्युनिस्ट पार्टीको एकतासम्म गरेका थियौँ । तर, त्यसलाई सफल हुन दिइएन ।’
उनले प्रतिनिधिसभा पुनःस्थापना भएपछि एउटा व्याटल जितेको भए पनि अझै संघर्ष गर्नुपर्ने अवस्थामा पुगेको बताए । उनले भने, ‘फेरि अदालतको अर्को निर्णयपछि अस्वाभाविक आएको छ। हामीलाई त्यसले गम्भिर भएर सोच्न बाध्य बनाएको छ ।’

























