काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नागरिक लगानी कोषको ४ लाख ६८ हजार संस्थापक सेयर बिक्रीमा

15.56K
shares

नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तर्गतको ४ लाख ६८ हजार ८ सय २८ कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको न्यूनतम मुल्य १ हजार ५ सय दुई रुपैयाँ पचास पैसा तोकिएको छ । 

यस सेयरमा न्युनतम १०० कित्ताको लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । उक्त संस्थापक सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरु योग्य रहने बैंकले जनाएको छ । इच्छुक विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले २०७७ चैत्र ३ देखि १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।