राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त
वि.सं.२०७७ चैत ११ बुधवार ००:५३
shares

नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । ढकाल आजदेखि लागू हुनेगरी प्रवक्ता तोकिएका हुन् । यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको सरुवा बैंक सुपरिवेक्षणमा भएपछि उनलाई राष्ट्र बैंकको प्रवक्तामा तोकिएको हो ।
राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेको ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ढकाल राष्ट्र बैंकका २५ वर्ष लामो अनुभव, विभिन्न विभागीय प्रमुखका साथै साढे २ वर्षदेखि नियमन विभागका प्रमुख रहेको थिए ।

























