काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सदस्य सचिवद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

17.72K
shares

सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त दीपकबहादुर सिंह र सदस्यद्वय झलकबहादुर शाह र अनिल श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन् । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उनीहरुलाई सपथ खुवाएका हुन् । कैलाली जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षसमेत रहेका सिंह प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त भएका थिए । प्रदेश मन्त्रिपरिषदको बैठकले सिंहलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । सपथ ग्रहण गर्दै सिंहले खेलकुदमा सुदूरपश्चिमलाई १ नम्बर प्रदेश बनाउने बताए ।

सदस्य सचिव सिंहलाई सपथ खुवाउँदै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सफल कार्यकालको शुभकामना दिए । मन्त्रालय र खेलकुद परिषदले सहकार्य गरी सुदूरपश्चिमको खेलकुदलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । कैलाली अध्यक्ष हुँदा सिंहले देशकै उत्कृष्ट तीन खेलकुद विकास समिति बनाएका थिए । उनको कार्यकालमा ४२ वटा विद्यालयमा खेल मैदान, बास्केटबल कोर्ट, बहुउद्देश्यीय कभर्डहल, सबै निर्वाचन क्षेत्रमा एक खेल मैदान, टीकापुरमा सुटिङ रेञ्ज र स्पोर्टस एकेडेमीका लागि फुटबल मैदान, फुलबारी र खेलकुद विकास समितिमा क्रिकेट पिच निर्माण भएको थियो ।