काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गोली लागेका घाइतेलाई काठमाडौं रिफर

11.82K
shares

कैलालीको लम्कीमा प्रर्दशनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । गोली लागेर गम्भीर घाइते भएका सोही ठाउँका ३० वर्षीय कृष्ण प्याकुरेललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् थप उपचारका लागि काठमाडौं लगिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए । उनकाअनुसार कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि प्याकुरेललाई हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको हो । उनको पेटमा गोली लागेको छ ।

यस्तै अर्का घाइते १८ वर्षीय दीपक सन्ज्यालको भने नेपालगञ्जमै उपचार भइरहेको छ । मंगलबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६-८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो । सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रर्दशन गरेका थिए भने इलाका प्रहरी कार्यालय घेराउ गर्दै प्रहरीमाथि आक्रमण गर्न थालेपछि गोली चलाउन बाध्य भएको प्रहरीले जनाएको छ ।