सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा प्रदेशस्तरीय एजेन्ट मिट कार्यक्रम सम्पन्न
वि.सं.२०७७ चैत १० मंगलवार २२:२४
shares

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत चैत्र ५, ६ र ७ गते धनगढी, नेपालगन्ज र दाङ गरी ३ ठाउँमा आफ्नो सेवा प्रदान गर्ने एजेन्टहरुका लागि एक/एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट उल्लेखनीय सहभागिता रहेको थियो ।
सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनलगायत व्यवस्थापन समूहको उपस्थिति रहेको थियो । विगतको समीक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरी यस वर्षको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम एजेन्ट मिट २०७७ सम्पन्न गरिएको हो । सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै 'जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस' भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै १४ वर्षदेखि संसारभरबाट सहज रुपमा नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

























