सेयर बजार १४ अंकले बढ्यो, ८ कम्पनीको मूल्यमा उछाल
वि.सं.२०७७ चैत १० मंगलवार २२:०८
shares

सेयर बजार परिसूचक नेप्से १४ अंकले बढ्दा मंगलबार ८ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । बैँक, विकास बैँक, वित्त, उत्पादनमूलक, अन्य र जीवन बिमा समूह घटे पनि बाँकी सबै समूह बढेपछि समग्र बजार परिसूचक १४.५७ अंकले बढेर २५२८.९५ अंकमा उक्लिएको हो ।
बजार बढ्दा साल्ट ट्रेडिङ कर्पोरेसन, चन्द्रागिरि हिल्स, रसुवागढी हाइड्रो, कालिका पावर, सान्जेन जलविद्युत, वोमी माइक्रोफाइनान्स र अप्पर तामाकोशीको सेयर मूल्यमा उछाल आएको हो ।
कुल २०८ कम्पनीको १ करोड २ लाख ७६ हजार ७१० कित्ता सेयर ५ अर्ब १४ करोड १८ लाख रूपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको भन्दा कम हो । सोमबार पाँच अर्ब ३५ करोड १३ लाख रुपैयाँबराबरको कारोबार भएको थियो । सोमबार नेप्से २४ अंकले ओरालो लागेको थियो ।
मंगलबार सर्वाधिक निफ्राको ५२ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै अप्परको ३२ करोड ८१ लाख, नेपाल बंगलादेश बैँकको २८ करोड ७१ लाख र नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ५७ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।
























