काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनचाँदी व्यवसायी महासंघ र नेपाल बंगलादेश बैंकबीच बैंकिङ साझेदारी सम्बन्धी सम्झौता

17.01K
shares

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल बंगलादेश बैंकबीच बैंकिङ साझेदारी सम्बन्धी सम्झौता भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य र  नेपाल बंगलादेश बैंककी डेपुटी जनरल म्यानेजर सलोनिका सिंहले मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच सो बैंकिङ साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

महासंघ र बैंकवीच भएको सम्झौताअनुरुप अबदेखि महासंघअन्तर्गत विभिन्न जिल्ला तथा नगरमा आवद्ध व्यवसायी तथा एशोसिएट्स सदस्यहरुले नेपाल बैंगलादेश बैंकको क्युआर कोड प्रयोग गरी कारोबार गर्न पाउने छन् । जसले सुनचाँदीको कारोबार गर्दा नगदमा नै गर्नुपर्ने झन्झटको अन्त्य गरेको महासंघका अध्यक्ष शाक्यले बताए । यो सम्झौतापछि महासंघका आवद्ध व्यवसायीहरुले नेपाल बंगलादेश बैंकमार्फत् उपलब्ध हुने विभिन्न किसिमका बैंकिङ सेवाहरु सरल र सहुलियतपूर्ण रुपमा प्रयोग गर्न पाउने उनले बताए ।

दुई संस्थाबीचको सहमतिपश्चात् महिला, दलित, विपन्न, अल्पसंख्यक लगायतका वर्गका लागि पनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंकले सहयोग गर्नेछ । यसबाहेक बैंकले उपलब्ध गराउने सबैखालमा बैंकिङ सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउन पनि बैंकले सहयोग गर्नेछ । 

पछिल्लो समय नेपाल राष्ट्र बैंकले समेत डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति अवलम्वन गर्दै आएको छ । सोही नीतिअनुरुप महासंघले पहिलो चरणमा नेपाल बंगलादेश बैंकसँग बैंकिङ सहकार्यको सम्झौतामा हस्ताक्षर गरेको हो । महासंघले आवश्यकताअनुसार अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग समेत सम्झौता गदै जाने जनाएको छ । नेपाल सनुचाँदी व्यवसायी महासंघ मुलुकभरका सुनचाँदी व्यवसायीहरुको छाता संस्था हो । महासंघअन्तर्गत देशभरका ६५ भन्दा बढी जिल्ला, नगर तथा एशोसिएट्स सदस्य छन् ।