थ्री नेसन्स कप आजबाट, उद्घाटन खेलमा दुई पाहुना टोली भिड्दै
वि.सं.२०७७ चैत १० मंगलवार १८:००
shares

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तान सहभागी छन् ।
उद्घाटन खेल आज साँझ ५:३० बजे बंगलादेश र किर्गिस्तानको यू-२३ टिमबीच हुनेछ । दुवै टिमका प्रशिक्षकले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । नेपालले पहिलो खेल बिहीबार किर्गिस्तानसँग र दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्ने एन्फाले जनाएकाे छ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।
विजेताले ५ हजार र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन् । खेल हेर्नका लागि टिकटदर साधारण प्याराफिटतर्फ सात सय र भीआइपीतर्फ १५ सय रूपैयाँ तोकिएकाे छ । खेल हेर्न रंगशाला जाने दर्शकका लागि एन्फाले मास्क, स्यानिटाइजर अनिवार्य गरेकाे छ ।
यस्तो छ खेल तालिका :


























