सोमबार सुनको मूल्य सामान्य घट्यो
वि.सं.२०७७ चैत ९ सोमवार १६:५४
shares

आइतबार ५ सय रूपैयाँ बढेको सुनको मूल्य सोमबार भने सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २ सय रूपैयाँ घटेको हो ।
आज छापावाल सुन तोलामा ८७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन तोलामा ८७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५५० रूपैयाँ तोकिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रूपैयाँ घटेर १ हजार २ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा १ हजार २८० रूपैयाँमा कारोबार भएको थियो ।

























