काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गैँडाकोट एग्रोमार्टमा एनएमबी बैंकको क्यूआर कोड

15.73K
shares

एनएमबी बैंकले नवलपरासीको गैंडाकोट एग्रोमार्ट प्रालिमा पनि क्यूआर कोड वितरण गरेको छ । एनएमबी बैँक गैडाकोट शाखाबाट गैडाकोट एग्रोमार्ट प्रालिमा सञ्चालित मिनी मार्केट तथा हाट बजारका व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।

गैंडाकोट नगरपालिका ४ का अध्यक्ष कृष्णप्रसाद न्यौपानेले क्यूआर कोडबाट सामान किनेर व्यवसायीको खातामा रकम भुक्तानी गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा एनएमबी बैंक गण्डकी प्रदेशका म्यानेजर अमृतराज बाँस्तोलाले क्यूआर कोडबाट कारोबार गर्दा हुने फाइदाबारे जानकारी गराएका थिए ।

त्यस्तै गैंडाकोट एग्रोमार्टका अध्यक्ष शालिकराम घिमिरेले पैसाको प्रत्यक्ष कारोबार गर्दा हुने जोखिमलाई विद्युतीय कारोबारले कम गर्न सक्ने बताए । कार्यक्रममा ३७ जना व्यापारीलाई क्यूआर कोड वितरण गरिएको छ ।