काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शाइन रेसुंगाले एकैदिन स्थापना गर्‍यो काठमाडौँमा पाँच शाखा

21.11K
shares

रुपन्देहीको बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले काठमाडौंका पाँच स्थानमा एकैदिन शाखा स्थापना गरेको छ । बैंकले आइतबार काठमाडौंको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र महाराजगन्ज शाखाको उद्घाटन गरेको हो ।

वित्तीय पहुँच र ग्रामीण बैंकिङलाई उच्च प्राथमिकतामा राखेको बैंकले संघीय राजधानी काठमाडौंमा पनि आर्थिक कारोबार बढाएको हो । २०६५ फागुन ११ गते तीन जिल्ला कार्यक्षेत्र राखेर स्थापना भएको साइन डेभलपमेन्ट बैँकले २०६९ चैत ४ गते गुल्मीमा हेको रेसुंगा विकास बैंकसँग मर्जर गरेर शाइन रेसुंगा विकास बैंक नामको नामबाट बैंकिङ सेवा दिइरहेको छ । २०७३ साल जेठ २९ गते प्युठान जिल्ला कार्यक्षेत्र भएको गौमुखी विकास बैंकलाई गाभेर बैंकले व्यावसायिक क्षमता विस्तार गरेको थियो ।

विभिन्न क्षेत्रका ६५ जना संस्थापकको ६ करोड चुक्ता पुँजीबाट सुरु भएको बैँकको हाल ४ अर्ब चुक्ता पुँजी, ४ लाख ग्राहक, ३३ अर्ब निक्षेप संकलन, ३१ अर्ब कर्जा प्रवाह, ८ सयभन्दा बढी कर्मचारी र ८० वटा शाखा सञ्जाल पुगेको छ ।