भारतमा कोरोना संक्रमण बढेपछि नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाइयो
वि.सं.२०७७ चैत ९ सोमवार ००:१६
shares

भारतमा कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको हो । भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ८४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
'नेपालमा समेत संक्रमण बढ्न सक्ने भएकाले सभा, गोष्ठी, जुलुस, र्याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्यावसायिक कार्यहरु नगर्न तथा सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न सराेकारवाला सबैसँग अनुराेध छ,' मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्ति :


























