काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पौडेल पक्षले छुट्टै भेला गरेपछि देउवाले बोलाए पदाधिकारी बैठक

18.9K
shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक सोमबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएकाे हाे । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पाैडेलका अनुसार बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुनेछन् ।

आइतबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला गरेपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पौडेलले आइतबार आफ्नै निवास बोहराटारमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए । पौडेलले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा अन्य दलसँग परामर्श गर्नुपर्ने बताएका छन् ।