औषधी व्यवस्था विभागका फार्मेसी अधिकृतविरूद्ध मुद्दा दायर
वि.सं.२०७७ चैत ९ सोमवार ००:०३
shares

औषधी व्यवस्था विभाग शाखा कार्यालय, विराटनगरका फार्मेसी अधिकृत (सातौं) सरोज सुवेदीउपर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आइतबार आरोपपत्र दायर गरेको छ ।
सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम लिएको आरोपमा अख्तियारले उनीविरूद्ध २ लाख बिगो कायम गरी मुद्दा चलाएको हो । अनुसन्धानको सिलसिलामा सुवेदीले सेवाग्राहीबाट घुस लिएको प्रमाणित हुन आएकोले उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार सजायको लागि आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

























