नेप्से ६३ अंकले बढ्यो, कारोबार रकममा पनि वृद्धि
वि.सं.२०७७ चैत ८ आइतवार २१:१६
shares

सेयर बजार परिसूचक नेप्से ६३ अंकले बढेको छ । गत साताको अन्तिम दुई दिनमा ८३ अंक बढेको नेप्से आज ६३.३८ अंकले बढेर २५३८.४६ अंकमा उक्लिएको हो । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ९.४४ प्रतिशतले बढेको छ ।
आज नेप्सेमा सूचीकृत सबै १३ समूह उकालो लागेका छन् । सबैभन्दा धेरै लघुवित्त ५.७ प्रतिशतले बढेको छ भने होटल एन्ड टुरिजम ५.३६ प्रतिशत, निर्जीवन बिमा ४.५९, जीवन बिमा ४.४४ र उत्पादनमूलक ३.१३ प्रतिशतले बढेको छ ।
आइतबार कारोबार रकममा पनि सुधार आएको छ । गत साताको अन्तिम दिन बिहीबार ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९१ करोडको सेयर कारोबार भएको हो । आज २०६ कम्पनीको १ करोड २४ लाख ३० हजार २ कित्ता सेयर किनबेच भयो ।
आज सर्वाधिक मूल्य बढ्ने १० कम्पनीमा लघुवित्त मात्रै छन् । मिथिला लघुवित्त, स्वरोजगार लघुवित्त र सूर्योदय लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सामुदायिक लघुवित्त, चन्द्रागिरि हिल्स, समिट लघुवित्त, किसान लघुवित्त, स्वाभिमान लघुवित्त, युनाइटेड आईडीआई हाइड्रो र सबैको लघुवित्तको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

























