काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सनराइज ब्लुचीप फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

13.86K
shares

सनराइज क्यापिटलले चैत १ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको सनराइज ब्लुचिप फण्डको इकाईका लागि आवेदन दिने चैत ८ गते अन्तिम दिन हो । माग गरिएकोभन्दा बढी आवेदन परेपछि क्यापिटलले आज निष्काशन बन्द गर्न लागेको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । यो दश वर्षे बन्दमुखी प्रकृतिको योजना हो । निष्काशनमा ल्याइएको इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो ।

उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपणसमेत गरेकाले ढुक्क भएर लगानी गर्न सकिने जनाएको छ ।