एमाले केन्द्रीय कमिटीको निर्णय- माधव नेपालसहित ५ नेतालाई स्पष्टीकरण सोधिने
वि.सं.२०७७ चैत ७ शनिवार २३:३०
shares

नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावलसहित ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीकाे शनिबार बसेकाे बैठकले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकले संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्द सूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ । एक केन्द्रीय सदस्यका अनुसार पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरुको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरिएको छ । यसका साथै अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामका लागि पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय भएको पनि ति केन्द्रीय सदस्यले बताए ।

























