एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरु
वि.सं.२०७७ चैत ५ बिहीवार १८:५३
shares

नेकपा (एमाले) को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । ११ बजे बस्ने भनिएको बैठक भर्खरै मात्र सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक भएको हो ।
आजको बैठकमा ओली पक्षका सांसदहरु मात्र उपस्थित रहेका छन् । यसअघि माधव नेपाल-झलनाथ खनाल पक्षका सांसदहरु पनि बैठकमा उपस्थित हुने बताइए पनि उनीहरु बीच बाटैबाट सो पक्षको राष्ट्रिय भेलामा सहभागी हुन फर्किएका थिए ।
सर्वोच्चको फैसलापछि पार्टी एकता भंग भएर पूर्ववत एमाले र माओवादी केन्द्र बनेपछि एमालेभित्र आन्तरिक विरोध उत्कर्षमा छ । नेता नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सानेपामा जारी छ ।

























