काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कार्यक्रममै नभएका योजनामा १६ करोड 

19.7K
shares

चालु आर्थिक वर्षको रातो किताबमै विनियोजित योजना अधुरै रहेका बेला सुदूरपश्चिमको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयले करिब ८५ वटा नयाँ योजना सिर्जना गरेर १६ करोडभन्दा बढी रकम बाँडेको पाइएको छ ।

सिँचाइ, पूर्वाधार विकास, खानेपानी र सहरी विकासका योजना थप गरेर दार्चुलाबाहेक सबै जिल्लामा रकम बाँडिएको हो । सबैभन्दा धेरै योजना सिँचाइतर्फ बनाइएको छ । सिँचाइमा ६२ वटा नयाँ योजनामा करिब १२ करोड विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको मूल बजेटमा यसअघि नै सिँचाइतर्फ १ अर्ब ४१ करोड विनियोजन गरिएको थियो । ती योजनाको कार्यान्वयनसमेत सुस्त छ । 

सडक लगायतका पूर्वाधार विकासतर्फ १४ वटा थप योजना छानिएको छ । ती योजनामा ३ करोड विनियोजन गरिएको छ । खानेपानीका आठ र सहरी विकासका पाँचवटा योजना थपिएका छन् । मन्त्रालयले खानेपानीको योजनातर्फ करिब ३ करोड र करिब १ करोड सहरी विकासका योजनामा विनियोजन गरेको छ । ‘केही क्रमागत, केही यसअघि शून्य बजेट रहेका र धेरैजसो नयाँ योजना छन्,’ मन्त्रालयका सूचना अधिकारी इन्जिनियर छविराज जोशीले भने । ती योजनामा पर्याप्त बजेट पनि छैन ।

एउटा योजनामा १० देखि ३० लाख विनियोजन गरिएको मन्त्रालयका एक कर्मचारीले बताए । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा कतिपय योजनामा शून्य बजेट राखिएको थियो । तर आर्थिक वर्षको तेस्रो चौमासिक सकिने बेला शून्य बजेटमा समेत सूचीकृत नभएका योजना मन्त्रालयको छनोटमा परेका छन् ।