काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण : मन्त्री तुम्बाहाम्फे

10.4K
shares

भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री शिवमाया तुम्बाहाम्फेले सहकारीको माध्यमबाट टोल, समाज हुँदै मुलुकलाई समृद्धि बनाउन सकिने बताएकी छन् । राष्ट्रिय सहकारी महासंघले पोखरामा आयोजना गरेको ‘सहकारीमार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक प्रदेशस्तरीय गोष्ठीमा मन्त्री तुम्बाहाम्फेले मुलुकको समृद्धिका लागि सहकारी भूमिका महत्वपूर्ण हुने बताएकी हुन् ।

उनले सहकारीमा श्रम, शक्ति र पुँजीलाई आर्थिक विकासमा जोडेर अघि बढ्न आग्रह गर्दै आवश्यक परे सहकारी ऐनमा संशोधन गर्न सकिने बताइन् । उनले सहकारीमा महिलाको संख्या बढी देखिए पनि नीति निर्माण तहमा पुग्न धेरै अवरोध देखिएको बताउँदै महिलालाई अर्थपूर्ण सहभागितामा जोड दिएर सामाजिक रुपान्तरणमा समान सहभागिताको उदाहरण देखाउन पनि आग्रह गरिन् । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले सहकारीले आर्थिक क्षेत्रमा योगदान पुर्‍याएको जनाउँदै अझै महिला र युवाको सहभागिता बढाउन आवश्यक रहेकामा जोड दिइन् ।प्रतिनिधिसभाका अर्का सदस्य मनकुमारी जिसीले सहकारीले उत्पादनमुखी क्षेत्रबाट आर्थिक रुपान्तरणमा गतिविधिमा जोड दिनुपर्ने धारणा राखिन् । 

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेलले ‘गण्डकी प्रदेशको समृद्धि र सहकारी अभियान’ प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव चन्द्रकला पौडेलले ‘दिगो स्थानीय आर्थिक विकासमा प्रदेश तथा स्थानीय तह सहकारीबीचको समन्वय र सहकार्य’ विषयक तथा राष्ट्रिय सहकारी महासंघका निर्वमान अध्यक्ष केशश बडालले ‘दिगो विकास लक्ष्यका लागि स्थानीयकरणमा स्थानीय तह र सहकारी’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।