global ime bank Long Banner Ad

गृहपृष्ठ एमभी दुगड ग्रुपद्वारा ‘एप्रिलिया एसएक्सआर १६०’ स्कुटर सार्वजनिक

एमभी दुगड ग्रुपद्वारा ‘एप्रिलिया एसएक्सआर १६०’ स्कुटर सार्वजनिक

एमभी दुगड ग्रुपद्वारा ‘एप्रिलिया एसएक्सआर १६०’ स्कुटर सार्वजनिक

नयाँ डिजाइन भाषाअन्तर्गत डिजाइन गरिएको पहिलो स्कुटर एप्रिलिया एसएक्सआर १६० (Apriia SXR 160) नेपालमा सार्वजनिक गरिएको छ । उक्त बहुप्रतिक्षित प्रिमियम स्कुटर पियाजियो इन्डियाका अध्यक्ष एवं प्रबन्ध निर्देशक डिएग्रो ग्राफी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवाल साथै एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडले आइतबार सार्वजनिक गरेका हुन् ।

उक्त स्कुटर नेपालका सबै डिलरमा ४ लाख ९ हजार ९ सय रुपैयाँमा उपलब्ध हुने दुगड ग्रुपले जानकारी दिएको छ । सबै ग्राहकका लागि एप्रिलिया एसएक्सआर १६० लाई धेरै अपेक्षित प्रिमियम स्कुटरको रुपमा प्रस्तुत गर्न पाउँदा खुसी लागेको पियाजियो इन्डियाका अध्यक्ष ग्राफीले बताए । इटालीमा डिजाइन गरिएको एप्रिलिया एसएक्सआर १६० स्कुटरले नेपालको प्रिमियम टु–व्हीलर बजारमा उच्च मापदण्डह सेट गर्ने उनले दाबी गरे ।

दुगड ग्रुुपका उपध्यक्ष विवेक दुगडले एमभी दुगड ग्रुप पियाजियो ग्रुपसँग साझेदार गर्दै विश्वस्तरीय vespa र Aprilia को प्रिमियम उत्पादनहरु बिक्री बितरण गर्दै आइरहेको बताए । उनले भने, ‘आज हामी Apriia SXR 160 को बिक्री वितरणको सुरुवात गर्दै यस क्षेत्रका युवाहरुको लागि आवश्यकताहरु पूरा गर्नको लागि अझ गुणस्तरीय उत्पादनको लागि कार्य क्षमता विस्तार गर्न तयार छौँ । सबै ग्राहकलाई विश्वस्तरीय पियाजियोको अनुभव प्रदान गर्न अगाडि बढ्दै छौँ ।’

Apriia SXR 160 ३ कोट HD बडी पेन्ट फिनिश, अप्रिलिया फिचर ग्राफिक्स, म्याट कालो डिजाइन सम्मिलित डार्क क्रोम, एलिमेन्टसको साथ उपलब्ध छन् । एलइडी टेक्नोलोजी twins क्रिस्टल हेड लाइट र EYELINE POSITION लाइटको साथ मर्ज भएको फ्रन्ट इन्डिकेटर blinkers ले अद्वितीय प्रकाश सिर्जना गर्छ ।

डाइमण्ड रिफ्लेक्सन एलइडी टेललाइटको साथ एकीकृत रियर blinkers भएको यस Apriia SXR 160 ले नयाँ पुस्ताको आवश्यकता पूरा गर्ने कम्पनीको विश्वास छ । ‘एन्टी-लक ब्रेकिंग सिस्टम भएको Apriia SXR 160 भेन्टिलेटेड डिस्क ब्रेक TWINS POT CALLIPER हाइड्रोलिक ब्रेकको साथ आउँछ । जसले उच्च ब्रेकिङ सुरक्षा प्रदान गर्दछ । Apriia SXR 160आकर्षक ग्लसी रेड, म्याट निलो, ग्लसी ह्वाइट र म्याट ब्यालक रंगमा उपलब्ध हुनेछन्,’ स्कुटरका बारेमा जानकारी दिँदै दुगड ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय : २०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु