global ime bank Long Banner Ad

गृहपृष्ठ ओली र प्रचण्ड-नेपाल पक्षका सांसदलाई सत्ता पक्षमै लहरमा बस्ने व्यवस्था

ओली र प्रचण्ड-नेपाल पक्षका सांसदलाई सत्ता पक्षमै लहरमा बस्ने व्यवस्था

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि पहिलोपटक आज संसद बैठक बस्दै छ । दिउँसो चार बजे बस्ने बैठकका लागि ओली र प्रचण्ड-नेपाल पक्षका सांसदहरुलाई सत्तापक्षकै लहरमा बस्ने व्यवस्था मिलाएको संघीय संसद सचिवालयले जनाएको छ ।

नेकपाको विवाद रहे पनि दल विभाजनसम्बन्धी कुनै पत्र संसद सचिवालयमा नआएकाले नेकपा सबै सांसदहरुलाई सत्ता पक्षकै लहरमा बस्ने व्यवस्था गरिएको प्रवक्ता रोजनाथ पाण्डेले बताए । अहिलेसम्म शोक प्रस्ताव पारित गर्ने र सरकारले ल्याएका ७ वटा अध्यादेश पारित गर्नुपर्ने कार्यसूची तय भएको प्रवक्ता पाण्डेले जानकारी दिए । उनका अनुसार अरु कार्यसूची सभामुखले छलफलका आधारमा तय हुनेछ ।

गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी थिइन् । तर सर्वोच्च अदालतले संसद विघटन असंवैधानिक ठहर गर्दै फागुन ११ गते १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । सोहीअनुसार बैठक बस्न लागेको हो ।

प्रकाशित समय : १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु