global ime bank Long Banner Ad

गृहपृष्ठ चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी

चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी

चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी

कोरोनाभाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको चिनियाँ सरकारी निकायले जनाएको छ । साथै, चीनले गर्ने वस्तु तथा सेवाको आयातमा पनि वृद्धि भएको छ ।

इलेक्ट्रोनिक्स र मास्क जस्ता तयारी पोशाकको निर्यातमा व्यापक वृद्धि भएको छ । गत वर्षको तुलनामा जनवरी-फेब्रुअरीको अवधिमा निर्यातमा ६०.६ प्रतिशतले वृद्धि भएको छ भने आयात २२.२ प्रतिशतले बढेको छ । प्राप्त विवरणअनुसार, गत वर्ष निर्यातमा १७ प्रतिशत र आयातमा ४ प्रतिशत न्यून भएको थियो । 

चिनियाँ भन्सार प्रशासनका अनुसार इलेक्ट्रोनिक्स सामानको निर्यात ५४.१ प्रतिशत तथा टेक्स्टाइलको निर्यात ५०.२ प्रतिशतले बढेको छ । चीनको समग्र ब्यापार बचत एक खर्ब ३ अर्ब ३० करोड डलर रहेको भन्सार प्रशासनको भनाइ छ । अमेरिकासँगको ब्यापार बचत पनि गत वर्षको तुलनामा दोब्बर अर्थात् ५१ अर्ब ३० करोड डलर पुगेको छ । (रासस)

प्रकाशित समय : १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु