काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने प्रचण्ड-नेपाल पक्षको निर्णय

11.93K
shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले नेम्वाङलाई दलको उपनेताबाट हटाउने निर्णय गरेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले बताए । 

उनका अनुसार बैठकले नेकपा संसदीय दलका सचेतक शान्ता चाैधरीलाई पनि जिम्मेवारीबाट हटाएको छ । त्यसैगरी विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई पनि ६ महिनाका लागि केन्द्रीय सदस्यबाट निलम्बन गरिएको रिजालले जानकारी दिए । पार्टी अनुशासनविपरीत कार्य गरेकाले उनीहरूलाई कारबाही गर्नुपरेको प्रचण्ड-नेपाल पक्षले जनाएको छ ।