गृहपृष्ठ आईएई नेपालको अध्यक्षमा शुशील तण्डुकार निर्वाचित
आईएई नेपालको अध्यक्षमा शुशील तण्डुकार निर्वाचित
इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको अध्यक्षमा शुशील तण्डुकार निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न आईएई नेपालको तेस्रो साधारण सभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
आईएईको उपाध्यक्षमा पवित्रविक्रम राणा र सशिन्द्र भण्डारी, महासचिवमा वाशुदेव तिमल्सिना, सचिवमा विश्वास घिमिरे, कोषाध्यक्षमा मधुसूदन सिग्देल र सह–कोषाध्यक्षमा विवेक मिश्र चयन भएका छन् । सदस्यहरुमा जयराम महर्जन, कृष्ण पोखरेल, मलेश शाह, सञ्जय न्यौपाने, नितु श्रेष्ठ, अस्मित उप्रेती, सुवर्ण पौडेल र सुवाश अर्याल चयन भएका छन् ।
आईएई नेपालको सल्लाहकारमा पूर्वमन्त्री गणेश साहका साथै राजनबाबु श्रेष्ठ, गोविन्द भट्टराई, कपिल शिवाकोटी, पूर्णबहादुर क्षेत्री, प्रदीपमान प्रधान र शान्तराज बतास छन् ।
कार्यक्रमका वक्ताहरुले सडक सुरक्षामा सुधार ल्याउनुका साथै अटोमोबाइल मेकानिक्स पेसालाई व्यवस्थित ढंगले अगाडि बढाउन आईएईले नेतृत्व गर्ने बताए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ तथा सरकारी निकायको संयुक्त प्रयासले यो सम्भव हुने उनीहरुको भनाइ छ ।
आईएई नेपालमा हाल संस्थागत र व्यक्तिगत गरी ४५ सदस्य छन् । आईएई नेपाल, नेपालमा अटोमोटिभ, मेकानिकल, इस्डस्ट्रियल तथा एरोनोटिकल इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित पेसागत संस्था हो । यसले अटोमोटिभ इन्जिनियरिङ क्षेत्रको अन्तर्राष्ट्रिय महासंघ फिसिटा तथा सोसाइटी अफ अटोमोटिभ इन्जिनियरिङ (एसएई) इन्डिया, चाइना, यूएसए तथा इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियरिङ सिलोन जस्ता संघ र महासंघसँग समेत विगत लामो समयदेखि सहकार्य गर्दै आइरहेको छ ।
प्रकाशित समय : १९:५६ बजे



















