काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वामदेव गौतमले भने- प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, राष्ट्रपतिले संसद बैठक बोलाउनुपर्छ

16.28K
shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले संयुक्त रुपमा सचिवालय बैठक बोलाउनुपर्ने बताएका छन् । पार्टी विभाजनको स्थितिमा पनि पार्टी एकता अभियान सञ्चालन गर्दै रहेका उपाध्यक्ष गौतमले पार्टी एकताको सन्देश दिनका लागि दुवै अध्यक्षले सचिवालय बैठक बोलाउनुपर्ने बताएका हुन् ।

बुधबार विज्ञप्ति जारी गर्दै उनले ढिला नगरी प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञप्ति जारी गरेर अदालतको फैसलाको स्वागत गर्नुपर्ने गौतमले  सुझाव दिएका छन् ।

गौतमको विज्ञप्ति :

संघीय लोकतांत्रिक गणतन्त्र नेपालको संविधान जारी भएयता वि सं २०७७साल फागुन ११ गतेको दिन ऐतिहासिक महत्वको रहेको छ।

यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौ सपुतहरुको वलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमन्त्री केपी ओलीले गत पुष ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ। आजको दिन निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारीताको पराजय तथा संविधान क़ानून लोकतन्त्र र जनताको सार्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधानन्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु।

यसअवसरमा म नेपालको नागरिकको हैसियतले निम्नलिखित माग राख्दछु:

१. सम्माननीय राष्ट्रपति महोदयले प्रेष विज्ञप्तिबाट संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ।
२. प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनु पर्छ।

३.नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय वैठक धुम्वाराहीस्थित के. कार्यालयमा बोलाउन अनुरोध गर्छु।

वामदेव गौतम, उपाध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
१२।११।२०७७