काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बुधबार सुनको मूल्य सामान्य घट्यो

12.31K
shares

मंगलबार ११ सय रूपैयाँ बढेको सुन बुधबार भने ३ सय रूपैयाँ घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १५ रूपैयाँ घटेर १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ३६० रूपैयाँमा कारोबार भएको थियो ।